
तिलोत्तमा सिटी, ३१ भदौ २०७८। बुटवल लगायत रुपन्देहीका विभिन्न ठाउँमा आफ्नो अपार सेवा दिदै आएको समृद्धि युनिसेक्स सैलुन ले आफ्नो नयाँ शाखा मणिग्राम मा शुभारम्भ गरेको छ।तिलोत्तमा को ब्यस्त बजार समेत रहेको मणिग्रामको माग ह्वात्तै बढेकोले यहाका स्थानिय बुटवल समेत जान नभ्याउने समयलाइ मध्ये नजर गर्दै आफ्नो नयाँ शाखाको शुभारम्भ गरिएको संचालक मोहन ठाकुर बताउछन। मणिग्राममा स्थानिय २ व्यापारी अनिल अर्याल र दुर्गाराज ढकालको साझेदारीमा सो शाखाको सुरुवात गरिएको उनको भनाई छ।
सैलुन भनेपछि केवल महिलाका लागि मात्र भन्ने कुरा हुन्छ। त्यो कुरा हिजोका भए भने, आज व्युटी सैलुन भनेपछि महिला तथा पुरुष दुवैका हुन थालेको छ। अझ महिला तथा पुरुष दुवैलाई सेवा दिने युनिसेक्स व्युटी सैलुनहरु पनि देखिन थालेको छ।सोहि सेवा अनुरुप मणिग्राममा फेन्सी पसल गर्दै आएका क्रिस्टल कलेक्सनका प्रोप्राइटर अनिल अर्यालले समृद्धिमा जोडिएको बताए। त्यसो त इन्स्युरेन्सको जगतमा आफुलाई आब्बल बनाएका तिलोत्तमा-८ दिपनगर निवासी दुर्गाराज ढकाल पनि समृद्धिकै हिस्सामा जोडेका छन्। महिला तथा पुरुष दुवै वर्गलाई सेवा दिने लक्ष्य तथा उदेश्यसहित युनिसेक्स सैलुनका रुपमा समृद्धिको नयाँ शाखा मणिग्राममा शुभारम्भ भएको ढकालको भनाइ छ।
दक्ष मेकअप आर्टिस्ट र हेयर स्पेसलिस्ट द्वारा महिला र पुरुषको सबै किसिमका कार्य गर्ने उदेश्यका साथ् यस क्षेत्रमा कुनै एउटै उमेर बर्गमा मात्रमा सिमित नभई हरेक उमेरका महिला एव पुरुषहरुलाई लक्षित गरी खोलिएको संचालक मोहन ठाकुरले बताएका छन्। मणिग्राम चोक देखि १०० मिटर पुर्व खोलिएको सो सलुन यस क्षेत्रमै परिचित र प्रख्यात सलुन हो।
कमेन्ट गर्नुहोस्