लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रहेनन् लुम्बिनी पत्रकारिताका केन्द्रबिन्दु,सादगी युद्ध पत्रकार चौहान

IMG

तिलोत्तमा सिटी, ३० भदौ २०७८। युद्ध पत्रकार बिन्दु कुमार चौहानको ४९ बर्षको उमेरमा निधन भएको छ । आकस्मिक रुपमा निमोनिया र फोक्सोमा गम्भीर समस्या देखिएपछि युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार कै क्रममा पत्रकार चौहानको निधन भएको हो । २०५६ सालबाट पत्रकारीता सुरु गरेका चौहान १० बर्षे जनयुद्धकालमा रुपन्देही र कपिलवस्तु लगायतका स्थानबाट विभिन्न संचारमाध्यममा रिपोर्टिङ गर्दै आएको थिए । क्रान्तिकारी पत्रकार संघ रुपन्देही र कपिलवस्तुको जिल्ला अध्यक्षको रुपमा समेत काम गरिसकेका चौहान हाल प्रेस संगठन नेपालका केन्द्रिय सदस्य र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कार्यसमिति सदस्यको रुपमा कार्यरत थिए ।


दुई कार्यकाल पत्रकार महासंघ रुपन्देहीको जिल्ला कार्यसमिति निर्वाचित भएर कार्यसम्पादन गरेका चौहान रुपन्देही जिल्लाकै इमानदार र परिश्रमी पत्रकारका रुपमा स्थापित थिए । यसैगरी, पत्रकार महासंघ लुम्बिनी प्रदेश, रुपन्देही जिल्ला शाखा र उनी सम्बद्ध प्रेस संगठन नेपालले उनको पार्थिक शरिरमा बुधबार बिहान संस्था र संगठनको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरे । साथै चौहान सम्बद्ध राजनीति दल नेकपा माओवादी केन्द्रले समेत उनलाई पार्टीको झण्डा ओढाएर अन्तिम बिदाई गरेको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज  खनाल 'बलदेव' ले उनलाई पार्टीको झण्डा ओढाएका थिए। चौहानको निधनले समग्र नेपाली पत्रकारिताको क्षेत्रमा अपुर्णिय क्षति पुगेको भन्दै प्रेस संगठन नेपाल केन्द्रिय समिती र जिल्ला समिती रुपन्देहीले शोक बक्तब्य जारी गरेका छन् । दिवंगत चौहानका ४ छोरा, ३ छोरी र श्रीमती छन् । 



त्यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीले चौहानको निधनले रुपन्देहीको पत्रकारितामा अपुरणनिय क्षति पुगेको भन्दै दुख ब्यक्त गरेको छ। चौहानको निधनले सिंगो पत्रकारिताको धरोहर ढलेको र संगठन मात्रै नभएर सिंगो पत्रकारितामै अपुरणिय क्षति भएको भन्दै प्रेस संगठन नेपाल रुपन्देहीले शोक बक्तब्य प्रकाशित गरेको छ। त्यस्तै चौहानको निधन प्रति दुख ब्यक्त गर्दै रास्ट्रिय दलित पत्रकार संघ नेपालले पनि श्रद्दान्जली बक्तब्य पेश गरेको छ।


कमेन्ट गर्नुहोस्