
तिलोत्तमा सिटी, २९ भदौ २०७८। गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ ।मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं. ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ ।सुवेदीको भरतपुर अस्पताल र अन्य दुईको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम प्रदेश ०२-००१ ख ११२३ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना६ख ७१२६ नम्बरको ट्रक मंगलबार बिहान चार बजेतिर ठोक्किएका थिए ।
नयाँ मेडिकल कलेजमा उपचाररत घाइतेहरुको विवरण
कञ्चनपुरको बेलपुर बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भीर (रा.अ.कर्मचारी) ।
जुम्लाको तिला–४ बस्ने वर्ष ३३ को टोपबहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भीर
बर्दिया बाँसगढी–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भीर
बस चालक कञ्चनपुर कञ्चनपुर नगरपालिका–४ बस्ने वर्ष ४२ को लालविर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम
ट्रक चालक प्यूठान नगरपालिका–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम ।
महोत्तरीको बर्दिवास–७ बस्ने वर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
रुपन्देही बस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम
सुर्खेतको विरेन्द्रनगर नगरपालिका–७ बस्ने वर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, अवस्था मध्यम ।
झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम ।
कञ्चनपुरको झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम ।
सुर्खेतको विरेन्द्रनगर–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, अवस्था सामान्य ।
नवलपरासी (पूर्व) हुप्सेकोट–३ बस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, अवस्था सामान्य ।
नवलपरासी (पूर्व) पुरानो बेलहानी बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, अवस्था सामान्य ।
कैलाली बस्ने वर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, अवस्था सामान्य ।
कञ्चनपुरको महेन्द्रनगर नगरपालिका–१ बस्ने वर्ष ४९ को मोहन कोइराला, पेटमा चोट, अवस्था सामान्य
जुम्लाको तिला–४ बस्ने वर्ष २६ को चन्द्रनाथ योगी, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
झापाको बाहुनडाँगी बस्ने वर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, अवस्था सामान्य ।
मोरङको विराटनगर–३ बस्ने वर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, अवस्था सामान्य (डिष्चार्ज) ।
मोरङको विराटनगर–३ वर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, अवस्था सामान्य । (डिष्चार्ज) ।
कमेन्ट गर्नुहोस्