लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नक्कली अन्त:शुल्क स्टिकर सार्वजनिक गर्दै प्रहरी,डिष्टिलरीमा छापा

IMG

तिलोत्तमा सिटी, २८ भदौ २०७८। राजस्व अनुसन्धान कार्यालय बुटवलले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मधवलियास्थित क्रिष्टल डिष्टिलरीमा छापा मारेको छ ।नक्कली अन्तशुल्क स्टिकर प्रयोगकर्ता क्रिष्टल डिष्टिलरी हुनसक्ने आशंकामा सो उद्योग शिल गरिएको स्रोतले जनाएको छ । तर राजश्व अनुसन्धान कार्यालयले यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन आनाकानी गरेको छ ।राजश्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले नक्कली स्टिकर बरामद घटनाको सम्बन्धमा गहिराइमा अनुसन्धान जारी रहेको र केही दिनमा नक्कली अन्तशुल्क स्टिकर कुन उद्योगमा प्रयोग भइरहेको छ भन्ने खुल्ने बताए ।


भदौ ५ गते बरामद भएको थियो नक्कली अन्तशुल्क स्टिकर

रुपन्देहीमा भदौ ५ गते सशस्त्र प्रहरी बल बेलहिया–डण्डाले मदिराका बोतलमा प्रयोग हुने नक्कली अन्तशुल्क स्टिकर बरामद गरेको थियो । लु.२ च. २५० नम्बरको गाडीमा भारत तर्फबाट ल्याएर भैरहवाको दरखसवाको एउटा घरमा लुकाएर राखेको अवस्थामा उक्त नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अली पक्राउ परेका थिए । दुवै जनालाई अहिले पनि प्रहरी नियन्त्रणमा राखी अनुसन्धान जारी राखिएको छ ।उक्त स्टिकरबारे अनुसन्धान गर्दै जाँदा आन्तरिक राजस्व कार्यालय भैरहवाले नवलपरासीको दीक्षा स्टोरबाट क्रिस्टल डिष्टिलरीको उत्पादन ‘स्टार सोफी’ ब्राण्डका ५० कार्टुन मदिरा बरामद ग¥यो । बरामद मदिराको नमूनासहित अनुसन्धानका लागि विभागमा पठाइएको छ । सो स्टिकरको अनुसन्धानको क्रममा क्रिष्टल डिस्टिलरीमा छापा मारेर शिल गरिएको हो ।


राजस्व र भन्सार कर्मचारीको मिलेमतोको आशंका

मदिरा उद्योगमा आन्तरिक राजस्व कार्यालयका एकजना कर्मचारी नै खटाउने व्यवस्था छ । उनकै निर्देशनमा अन्तशुल्कका स्टिकर टाँस्ने र निकासीका लागि राजस्व तिरेर आएपछि सोही कर्मचारीको रोहवरमा उत्पादित मदिरा बजारमा पठाउने कानुनी व्यवस्था छ ।आन्तरिक राजस्व कार्यालयका कर्मचारीको मिलोमतोविना उद्योगले नक्कली स्टिकर र नक्कली मदिरा बनाउन सम्भव नहुने जानकारहरु बताउँछन् ।त्यसैले यो घटनामा आन्तरिक राजस्व कार्यालयका कर्मचारी र भन्सारका कर्मचारीको संलग्नताको आशंका गरिएको छ । ‘भारतमा छापेर नेपालमा अन्तशुल्कको स्टिकर ल्याउने धन्दामा भन्सार कार्यालयका कर्मचारीको पनि मिलेमतो हुनसक्ने भएकाले भन्सारमा कार्यरत कर्मचारीमाथि पनि छानविन गर्न जरुरी छ,’ एकजना सरकारी अधिकारीले भने ।बिस्तृत समाचार अनलाइनखबरमा प्रकाशित छ। 

कमेन्ट गर्नुहोस्