लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

IMG

तिलोत्तमा सिटी, २८ भदौ २०७८। रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो। श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्