लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

IMG

तिलोत्तमा सिटी, २८ भदौ २०७८।  कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो ।भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको स्थानीय क्लिनिकमा उपचारको क्रममा मृत्यु भएको थियो । घाइतेको मृत्यु भएपछि फरार रहेका दुई जना आरोपीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।पक्राउ पर्नेमध्ये हिमबहादुर मृतकका भतिजो नाता पर्ने र रहादी ज्वाइँ नाता पर्ने रहेको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्