लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

संखुवासभा सामूहिक हत्याकाण्डमा अभियुक्त पक्राउ

tillotmacitynews - 2021 Sep 11 04:54 PM
IMG

तिलोत्तमा सिटी, २६ भदौ २०७८।  संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।मादी नगरपालिका-१ उमलिङको खोलागाउँमा २१ भदौमा एकै परिवारका ६ जनाको हत्या गरिएको थियो। उनीहरूको हत्या आरोपमा प्रहरीले २५ वर्षीय युवकलाई पक्राउ गरेको छ।पक्राउ परेका युवक छिमेकी रहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाले जनाएको छ। उनलाई आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने प्रहरीको तयारी छ।हत्यामा प्रयोग भएको रड घर नजिकै भेटिएपछि प्रहरीले युवकलाई निगरानीमा राखेको थियो। उनको घरभित्र रगत लागेको सर्ट पनि भेटिएको प्रहरीको भनाइ छ।


त्यही आधारमा उनलाई पक्राउ गरिएको संघीय एकाइ प्रहरी कार्यालय, धरानका एसपी भीमबहादुर दाहालले जानकारी दिए। संघीय एकाइकै प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ।यो घटनाको अनुसन्धान गर्न प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी घटनास्थलमै छन्। त्यस्तै, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र संघीय एकाइ प्रहरी कार्यालय, धरान र जिल्ला प्रहरी कार्यालयको टोली अनुसन्धान खटिएको छ।गएकाे २१ भदौ राति मादी नगरपालिका-१ का बुद्धमान कार्की, उनकी आमा पार्वती, छोरा तेजबहादुर, बुहारीहरू कमला र रञ्जना, नाति विपिन र नातिनी गोमाको हत्या गरिएको थियो।


 


कमेन्ट गर्नुहोस्