लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राखेपका पूर्वसदस्यसचिव राणाको निधन

IMG

तिलोत्तमा सिटी, २६ भदौ २०७८। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाको निधन भएको छ ।उनको गए राति ८५ वर्षको उमेरमा आफ्नै निवास काठमाडौंको बत्तीसपुतलीमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनी मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि राणा नियमित रूपमा डायलायसिस गर्दै आएका थिए ।राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गरेका थिए । उनी पहिलोपटक २०५० देखि २०५१ सम्म तथा दोस्रोपटक २०५४ देखि २०५५ सम्म राखेपको सदस्यसचिव भएका थिए ।


राणा २०५९ मा नेपाल ओलम्पिक कमिटी (एनओसी) को अध्यक्षसमेत बनेका थिए । एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो ।राणाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यवाहक अध्यक्षका रूपमा समेत भूमिका निर्वाह गरेका थिए । नेपाल तेक्वान्दो सङ्घ र नेपाल एथलेटिक्स सङ्घको समेत अध्यक्ष भएका थिए । नेपाली कांग्रेसका संस्थापक नेता सुवर्णशम्शेर राणाका कान्छा छोरा राणा कांग्रेस नेतृत्वको सरकारको पालामा सन् २००९ देखि सन् २०११ सम्म भारतका लागि नेपाली राजदूतसमेत भएका थिए ।राणा भारतीय संयुक्त लगानीमा स्थापित डाबर नेपालका साझेदार एवं प्रबन्ध निर्देशकसमेत थिए । उनको आजै पशुपतीस्थित आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । 

कमेन्ट गर्नुहोस्