
तिलोत्तमा सिटी, २६ भदौ २०७८। पर्यटकीय एबम व्यापारिक नगरी रुपन्देहीको मुटु तिलोत्तमा-६ गोर्कट्टा हरियाली पार्क नजिक खानाको स्वादका पारखीहरुका लागि आरामदायी बसोबास सहित नयाँ झुंगी कटेज एण्ड रेस्ट्रो सञ्चालनमा आएको छ । पारिवारिक बाताबरणमा घरकै शैलीमा फरकपनसहित मौलिक खानाका परिकारहरुसहित आरामदायी बसोबासका लागि शान्त बाताबरणमा सञ्चालनमा आउन लागेको संचालक शिव रिजालले बताउनुभयो।
नेपाली, इन्डियन, कन्टिनेन्टल,माछाको परिकार, तन्दुरीसंगै सेकुवा र छोइलाको स्वाद चाख्ने पारखीहरुलाई मध्यनजर गर्दै सो रेस्ट्रो संचालनमा ल्याइएको अर्का संचालक देवी पाण्डेले बताउनुभयो। बुटवल मिलनचोक तीनकुनेमा २०५८ सालबाट होटल संचालन गर्दै आउनुभएका शिव रिजाल झुंगी कटेज एण्ड रेस्ट्रो मार्फत स्वादका पारखीलाई नया र फरक स्वाद चखाउने दाउमा छन्। मणिग्राम चोक देखि पश्चिम गोरकट्टा हरियाली पार्क गेट नजिकै सुब्यबस्थित भौतिक सुबिधा र अन्य सबै खाले सुबिधा रहेको सो रेस्ट्रोमार्फत बिसेष माछाको परिकार तथा तन्दुरी चिकेन र छोइलाको फरक स्वाद पस्कने संचालक रिजालले बताउनुभयो।
तिलोत्तमा नगरवासी र यस वरपरका गाउपालिका तथा नगर र उपमहानगरका खाना पारखीहरुलाई बिशेस सेवा सहित जानकारी गराउन पाउदाँ निकै हर्षित समेत भएका छौँ, रिजालले भने। रेस्ट्रो संचालनमा आएपछि कोरोना महामारीले गर्दा बिशेस उद्घाटन गर्न नपाएको र निकट केहि दिनमा नै त्यसको तयारि भैरहेको अर्का संचालक देवी पाण्डेले बताईन।
खाजा र खानको फरक स्वादलाई विशेष प्राथमिकतामा राखेर सञ्चालन हुन लागेको झुंगीमा सबै प्रकारका खानाका पारखीहरुका लागि (मल्टी क्विजन) फेमिली रेष्टुरेन्ट सञ्चालन हुने रिजालको भनाइ छ। चार करोड लगानीमा संचालन भैरहेको रेस्ट्रोमा एसी तथा ननएसी ८ वटा मात्र सुविधायुक्त रुम, व्यवसायिक मिटिङ, वार्षिक साधारण सभा तथा बिबाह ब्रतबन्ध पार्टी र भोजका जस्ता शुभकार्यका लागि पूर्ण एसीसहितको हलको व्यवस्था हुने सञ्चालक रिजालले बताए । ग्राहकका लागि निःशुल्क वाइफ़ाइ जोन व्यवस्था भएको सो रेस्ट्रोको छिट्टै शुभारम्भ गरि सोहि अवसरमा केहि दिन विशेष छुट समेत व्यवस्था गरिने संचालकद्वयको भनाइ छ।
कमेन्ट गर्नुहोस्