लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमसीसीको विरोधमा नमस्ते नेपालको मोटरसाइकल र्याली

IMG

तिलोत्तमा सिटी, भाद्र २३ गते २०७८।  जताततै एमसीसीको चर्चा हुन थालेपछि यसको बिरोधमा सडक तात्ने हो कि भन्ने अड्कल काट्न सकिन्छ। सरकारले सो को बारेमा स्पस्ट खाका दिन नसक्दा एमसीसीको बिरोध सडक सडकमा आएको छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा रुपन्देहीमा मोटरसाइकल र्याली गरिएको छ ।



नमस्ते नेपालको आयोजनामा मंगलबार तिलोत्तमा नगरपालिको शंकरनगर देखि ड्राइभरटोल हुदै बुटवलको ट्राफिक चोकसम्म मोटरसाइकल र्याली गरिएको सुशील सुबेदीले जानकारी दिए ।र्यालीमा सहभागीहरुले ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’, ‘राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नारा लगाएका थिए । सो अवसरमा सय बढी मोटरसाइकलको सहभागीता रहेको नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेलले बताए ।


ट्राफिक चोकमा सम्पन्न कोण सभामा बोल्दै नमस्ते नेपालका अध्यक्ष खरेलले सबै युवा सचेत भएर देशलाई बचाउने अभियानमा सरिक हुनुपर्ने बताए।  उनले एमसीसीको सरकारले पास गर्ने प्रक्रिया अगाडी बढाएकोले कुनै पनि हालतमा युवा हरु त्यसको पक्षमा नरहेको दाबी गरे।  सो अवसरमा नमस्ते नेपाल संगै स्थानिय युवाहरुको बाक्लो उपस्थिति रहेको थियो।  


कमेन्ट गर्नुहोस्