
तिलोत्तमा सिटी,१५ भाद्र २०७८,मंगलबार।तीज पर्वमा गरिने नाचगान र सांस्कृतिक जमघटलाई पूर्ण निषेध गर्दै रूपन्देही प्रशासनले भदौ मसान्तसम्म निशेधाज्ञा लम्ब्याएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र रुपन्देहीको सिफारिसमा बैसाख १५ देखि जारी निशेधाज्ञा भदौ ३१ मध्यरात १२ बजेसम्मका लागि लम्ब्याइएको हो ।बढ्दै गएको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर राख्दै यस बिचमा तीज पर्व पनि परेकाले नाचगान र जमघट गर्न पूर्णरूपमा रोक लगाइएको छ । यसअघिका निशेधाज्ञामा रोक लगाइएका सबै नियमलाइ निरन्तरता दिएको रूपन्देही प्रशासनले जनाएको छ ।
कमेन्ट गर्नुहोस्