
तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार। लगातारकाे वर्षापछि आएकाे बाढीले डाइभर्सन बगाएर बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन सकेको छैन ।नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको गैँडाकोट-२३ स्मृति नजिक बिहीवार राति डाइभर्सन बगाएपछि बन्द भएको पूर्व-पश्चिम राजमार्ग अझै सहज रुपमा सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका सूचना अधिकारी मधुसुदन सिंहले बताउनुभयो ।करिब २९ घण्टापछि मर्मत गरेर आज बिहान २ बजेदेखि गाडी सञ्चालनको प्रयास गरे पनि गाडीहरू सहज रुपमा वारपार हुन नसकेको सिंहले बताउनुभयो ।
डाइभर्सन निर्माण गरिएको भए पनि गाडीहरू दलदल र हिलोमा फस्दा सञ्चालनमा कठिनाइ भएकाे हाे ।कतिबेलाबाट पूर्ण रुपमा गाडी सञ्चालन हुन सक्छ भन्ने एकिन नभएकाे उहाँले बताउनु भयाे । थुम्सी र भेडाबारी क्षेत्रका अन्य डाइभर्सन भने मर्मत गरिएको उहाँले बताउनु भयाे। लामो समयदेखि राजमार्ग बन्द हुँदा यात्रुहरूलाई समस्या भएको छ ।यस्तै नवलपुरको विनयी त्रिवेणीमा रहेकाे दाउन्नेमा पहिरो खसेर बन्द भएको राजमार्ग भने पहिरो पन्छाएर एकतर्फी रुपमा सञ्चालनमा आएकाे छ ।
कमेन्ट गर्नुहोस्