लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवा वितरक संघको अध्यक्षमा जोशी

tillotmacitynews - 2021 Aug 28 03:38 PM
IMG

तिलोत्तमा सिटी,१२ भाद्र २०७८, शनिबार।  भैरहवा वितरक संघको प्रथम अधिवेशनले राजकुमार जोशीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । संघको उपाध्यक्षमा अभिनवमयुर कसौधन, महासचिवमा कुलानन्द पोखरेल, कोषाध्यक्षमा विजयबहादुर कोइरी र सचिवमा धर्मेन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।यस्तै कार्यसमिति सदस्यहरुमा मनिष अग्रवाल, महेन्द्रकुमार गुप्ता, ईश्वरप्रसाद सुवेदी, कपिल ज्ञवाली, मोहन पन्थी र प्रकाश अधिकारी रहेका छन् ।


अधिवेशन उद्घाटन गर्दै संविधानसभा सदस्य आदित्यनारायण कसौधनले उद्योग र कम्पनीबाट वितरकहरु विभिन्न समस्यामा पर्ने गरेकाले अस्वस्थ प्रतिस्पर्धा त्यागेर आपसी एकता जरुरी रहेकोमा जोड दिए। संघका सल्लाहकार मनिषकुमार जोशीले खुला सीमाबाट भन्सार छली गरी ल्याइने वस्तु खरिद नगर्न, कम्पनीले लिने बैंक ग्यारेन्टी वापतको रकम सम्बन्धित कम्पनीले नै तिर्नुपर्ने, कमिसन रकम समय सापेक्ष वृद्धिका लागि सामूहिक पहल गर्नुपर्ने बताए ।नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुली, उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोविन्दराज गैरे, सिद्धार्थनगर उद्योग वाणिज्य संघका उपाध्यक्ष नेत्र आचार्य, उद्योग व्यापार संगठन रुपन्देहीका उपाध्यक्ष दर्पण श्रेष्ठले स्वदेशी उत्पादनको विक्रि वितरणलाई प्राथमिकता दिन संघलाई सुझाव दिएका थिए ।

कमेन्ट गर्नुहोस्