लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पञ्चकन्या उद्योगमा बाढी पस्दा झण्डै १० करोडको क्षति

IMG

तिलोत्तमा सिटी,११ भाद्र २०७८, शुक्रबार।  बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा रहेको पञ्चकन्या समुहमा बाढी पसेको छ । लगातारको वर्षाका कारण आएको बाढी पञ्चकन्या समूह अन्तरगतका विभिन्न उद्योग भित्रमा पसेको बाढीका कारण करोडौको क्षति भएको समुहका उपमहाप्रबन्धक देवेन्द्र साहुले जानकारी दिए ।


उपमहाप्रबन्धक साहुका अनुसार प्लाष्टिक उद्योगमा उत्पादनका लागि तयारी अवस्थामा राखिएका कच्चा पदार्थ, उत्पादित सामग्री, स्टोर्स, मेसिनरी तथा विद्युतीय उपकरण लगायतमा क्षति पुगेको छ। उद्योगभित्र पानी पस्दा झण्डै १० करोडको क्षति पुगेको साहुले जानकारी दिए । उत्पादनका लागि तयारी अवस्थामा राखिएको कच्चापदार्थ काम नलाग्ने गरी क्षति भएको उद्योगले जनाएको छ । मेसिनरी र विद्युतीय सामग्री मर्मतपछि चलाउन सकिने भए पनि अरु भने नोक्सान भएको उद्योगले जनाएको छ । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवमा रहेको यो कम्पनि नेपालको पुरानो र उत्कृस्ट स्टिल कम्पनि हो। 

कमेन्ट गर्नुहोस्