लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

९.८ प्रतिशतले बढ्यो रेमिट्यान्स, गत वर्ष भित्रियो ९ खर्ब ६१ अर्ब

IMG

तिलोत्तमा सिटी,१० भाद्र २०७८, बिहिबार। गत आर्थिक वर्ष २०७७/७८ मा ९६१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स् भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले वृद्धि भएको हो ।अघिल्लो वर्ष विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ८.२ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.३ प्रतिशतले घटेको थियो । रेमिट्यान्स घटेपनि वैदेशिक रोजगारीमा जानेको संख्या भने गत वर्ष धेरै घटेको थियो ।आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ६२.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या २०.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४६.८ प्रतिशतले घटेको छ ।

कमेन्ट गर्नुहोस्