लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महामारीलाई केन्द्रित गरी नयाँ बजेट ल्याइन्छ : मन्त्री खड्का

tillotmacitynews - 2021 Aug 25 04:06 PM
IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले कोरोना महामारीको प्रभावलाई मध्यनजर गरी नयाँ बजेट ल्याउने बताएका छन् । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गरी समावेशी बजेट ल्याउने उनको भनाइ छ ।डिग्निटी इनिसियटिभ र अम्बेडकर सोसियल फाउण्डेसन लुम्बिनीले शुक्रबार बुटवलमा गरेको अन्तरक्रियामा मन्त्री खड्काले कोरोनाले दलित, विपन्न र सीमान्तकृत समुदाय सबैभन्दा बढी प्रभावित भएकाले उनीहरुलाई लक्षित गरी राहत कार्यक्रम ल्याउने बताए ।


कार्यक्रममा अम्बेडकर सोसल फाउण्डेसन लुम्बिनीका अध्यक्ष तथा संविधानसभा सदस्य विनोद पहाडीले दलित समुदायमाथि कोरोनाले आर्थिक र सामाजिक दुवै रुपमा असर पारेको बताउँदै अब बजेट र निति कार्यक्रम मार्फत सम्बोधन गर्न आग्रह गरे ।लुम्बिनी प्रदेशसभा सदस्य पुष्पा थरुनीले कोरोना महामारीले विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई नै असर पार्ने भन्दै फेरि पनि सरकारले तयारीलाई मजबुत बनाउने बेला आइसकेको बताए ।

कमेन्ट गर्नुहोस्