लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उद्योग ब्यापार संघको अध्यक्षमा गैरे

IMG

तिलोत्तमा सिटी,०९ भाद्र २०७८, बुधबार। उद्योग ब्यापार संघ बुटवलको अध्यक्षमा गोबिन्दराज गैरे निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशनबाट  अध्यक्षमा गैरे सहित १९ सदस्यीय नयां कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित गैरे ओसियन अटोका सञ्चालक युवा उद्यमी हुन् ।  उनले बुटवलमा विद्युतीय कार भित्राएका हुन् । संघको उद्योग उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्षमा लोकनाथ पन्थी,महासचिवमा पदम जीसी,सचिवमा यमलाल मरासिनी, कोषाध्यक्षमा अन्जु पाण्डे र  सह–कोषाध्यक्षमा नम्रता थापा निर्वाचित भएका छन् ।


कार्यसमिति सदस्यहरुमा न्याजुद्दिन मिया, भरत केसी, विष्णु मरासिनी,  देवेन्द्रबहादुर राना, भेषराज अर्याल, नारायणप्रसाद पाण्डे,प्रविण श्रेष्ठ, विनोद खाती, जनेश पन्थी, अर्जुन गिरी, दिपिका क्षेत्री, कोशलराज भण्डारी निर्वाचित भएका निवर्तमान अध्यक्ष प्रवीणबहादुर पाठकले जानकारी दिए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी प्रदेश महासचिव खिमनारायण पराजुली र केन्द्रीय सदस्य खेम श्रीसले नवनिर्वाचित कार्यसमितिलाई सपथ गराएका छन् । संघमा ६ सय उद्योगी व्यवसायी आवद्ध रहेका अध्यक्ष गैरेले बताए । 

कमेन्ट गर्नुहोस्