लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु

IMG

तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशनको बैठक आज बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते मंगलबार १ बजे बस्नेगरी नवौं अधिवेशन आह्वान गरेका थिए। अधिबेशनको पहिलो बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची थियो। आजै मुख्यमन्त्रीले विश्वासको मत लिने चर्चा भएपनि सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले त्यस्तो तयारी नभएको जानकारी दिएका छन । मुख्यमन्त्री केसीले हिउँदे अधिवेशन शुरु भएको एक हप्ता भित्रै विश्वासको मत लिने बताएका छन। उनले मुख्यमन्त्रीको पद सम्हाले पछि अधिवेशन शुरु हुने बित्तिकै विश्वासको मत लिने बताएका थिए।  प्रदेश प्रमुख शेरचनले संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन ।  प्रदेशमा संविधानको धारा १ सय ६८(२) बमोजिम गत साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसीले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।  

कमेन्ट गर्नुहोस्