
तिलोत्तमा सिटी,०२ भाद्र २०७८, बुधबार। अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरलाइन्सबाट बिहान साँढे १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन । विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पुर्याएको थियो । दोहाबाट उनीहरु नेपाल आएका हुन । उनीहरुलाइ नेपाली सेनाले राधाश्वामीमा लगेर एन्टिजेन परीक्षणा गरिने बताइएको छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आए आइसोलेसनमा राखिने र नेगेटिभ आए उही दिन घर पठाइनेछ ।
कमेन्ट गर्नुहोस्