लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अध्यादेशको बिरुद्धमा युवासंघको प्रर्दशन

IMG

तिलोत्तमा सिटी,०१ भाद्र २०७८,मंगलबार। सरकारले ल्याएको अध्यादेश बिरुद्धको प्रर्दशनका क्रममा प्रहरी र युवा संघ नेपालका कार्यकर्ताहरु बिच झडप भएको छ।नेकपा एमालेको भातृ संगठन राष्टिय युवा संघ नेपालले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले नेकपा एमाले बिभाजन गर्ने उदेश्यले दल बिभाजन सम्वन्धी अध्यादेश ल्याएपछि देश भर प्रर्दशन सूरु भएको छ।


बुटवलमा आयोजना गरिएको अध्यादेश बिरुद्धको प्रर्दशनका क्रममा प्रहरी संघ झडप भएको युवा संघ नेपाल बुटवल रुपन्देही सह संयोजक बिकास जंग बस्नेतले बताए।बस्नेतका अनुसार बुटवलको मिलन चोकबाट रांके जुलुस सहित निस्केको जुलुस राजमार्ग चौराह आईपुग्दा प्रहरीसंग सामान्य झडप भएको थियो।प्रर्दशनमा युवा संघका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, नेकपा एमाले जिल्ला कमिटी सचिवालय तथा युवा ईन्चार्ज रिषिराम पाण्डे, युवा संघका स्थायी कमिटी सदस्य तथा रुपन्देही ईन्चाज केशब रोका, युवा सघ रुपन्देही केन्द्रीय सचिवालय सदस्य बिकास गहतराज लगायत नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्