लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

IMG

तिलोत्तमा सिटी,२७ साउन २०७८,बुधबार। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले राजीनामा दिएका छन् । भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधबार राजीनामा बुझाएका हुन् ।यसअघि सरकारले भट्टराईलाई आचरण विपरीत काम गर्दैआएको भन्दै स्पष्टीकरण सोधेको थियो । सरकारले पूर्वाग्रह साँधेको भन्दै उनले स्पष्टीकरण नदिने बताएका थिए । उनले आफूले गरेका कामको विवरण पनि सार्वजनिक गरेका थिए ।


स्रोतका अनुसार सरकारले हटाउने नै भएपछि बुधबार उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका हुन ।केपी ओली नेतृत्वको सरकारबाट २०७७ जेठ २८ गते नियुक्त उनी असार ४ गतेदेखि महाप्रबन्धक रहँदै आएका थिए ।उनले नेपाल रेलवेको महाप्रबन्धक पदमा नियुक्त भएदेखि नै इमानदारीपूर्वक काम गरी मृतप्रायः अवस्थामा रहेको रेलवे कम्पनीलाई पुुनर्जीवन दिएको दाबी गरेका छन ।



कमेन्ट गर्नुहोस्