
तिलोत्तमा सिटी,१४ साउन २०७८,बिहिबार। बुटवल फर्निचर उद्योग संघ रुपन्देहीले विहिबार वृक्षारोपण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नं ६ स्थित तिलोत्तमा पार्कमा संघको वार्षिक नियमित कार्यक्रम अन्तरगत कपुरको बिरुवा लगाईएको हो । प्राकृतिक रुपमा हेर्दा हरियाली हुने र पयार्वरणमा जोगाउने गरि प्रत्येक वर्ष वृक्षारोपण गर्दै आएको संघका अध्यक्ष सुरेन्द्र ज्ञवालीले बताए। यो वर्ष कपुरका ३० बढी बिरुवा रोपेको उनले बताए । संघका उपाध्यक्ष तेज प्रसाद पराजुली, संघका निर्वतमान अध्यक्ष विष्णु पाण्डे, सल्लाहकार माधव पौडेल, महासचिव असोक कुवर, सचिव बाल्दर गोदार, कार्यक्रमका संयोजक भोजराज पाण्डेले वृक्षारोपणसंगै विरुवाको संरक्षण कार्यलाई जोड दिनुपर्ने बताए ।
तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले पार्कलाई सौन्दर्यिकरण गराउन सरकार र स्थानीय संघसंस्थाहरुको सहयोगमा अघि बढेको बताए। तिलोत्तमा नदी किनारको १५ विगाहा क्षेत्रफललाई संरक्षण गरेर तिलोत्तमा पार्कको पुर्वाधार तयार भएको भन्दै आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन आफुहरु लागेको उनले बताए। यसअघि संघले वार्षिक रुपमा हिलपार्क, पिस पार्क, बुद्घ बिहार, शंकरनगर वन बाटिका तथा अनुसन्धान केन्द्रमा वृक्षारोपण गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्