लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सशस्त्र डीआईजी श्रेष्ठको अवकाशविरुद्ध आएन अन्तरिम आदेश

IMG
तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार।सर्वोच्च अदालतले सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रविणकुमार श्रेष्ठलाई अवकाश दिने सशस्त्र प्रहरी बलको निर्णय कार्यान्वयन रोक्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश कुमार चुडालको इजलासले श्रेष्ठको पदावधि एक वर्ष थप गर्ने गृह मन्त्रीस्तरको निर्णय मन्त्रिपरिषदबाट पारित नभएकाले अहिले नै अवकाश रोक्न अन्तरिम आदेश दिन नमिल्ने बताएको हो ।सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चार वर्ष अवधि पूरा गरेका श्रेष्ठले गत असार ९ गते अनिवार्य अवकाश पाएको भनी सशस्त्र प्रहरी बलले पत्र दिएको थियो ।

तर असार ७ गते गृहमन्त्री स्तरबाट उनको प्रस्ताव एक वर्ष थप गर्ने भनी मन्त्रिपरिषदमा प्रस्ताव गएको थियो । मन्त्रिपरिषदले उक्त प्रस्तावबारे कुनै निर्णय गरेको छैन ।सर्वोच्चले डीआईजी श्रेष्ठले अवकाश पाइसकेको एक महिनापछि रिट लिएर आएको र उक्त रिटमा अवधि थप गर्न माग गर्नु उनको निर्विवाद हक हो भन्न सक्ने नदेखिएको भन्दै अन्तरिम आदेश नदिएको हो । यस मुद्दामा यसअघि सर्वोच्च अदालतले श्रेष्ठलाई अवकाश दिने निर्णय यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिँदै बुधबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

कमेन्ट गर्नुहोस्