लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुनर्बहालीको माग गर्दै पूर्वमाओवादी नेताद्वारा रिट दायर

IMG

तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार। नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरुलाई सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै बुधबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले नेकपा विघटन गरी एमाले र माओवादी केन्द्र अस्तित्वमा आएपछि उनीहरु माओवादी छाडेर एमाले प्रवेश गरेका थिए ।त्यसपछि माओवादी केन्द्रले उनीहरुलाई कारबाही गर्दै सांसदबाट पदमुक्त  गर्न स‌ंसद सचिवालयलाई पत्र पठाएको थियो । माओवादी केन्द्रको पत्रको आधारमा सभामुख अग्निप्रसाद सापकोटाले चारै जनाको सा‌ंसद पद रिक्त भएको जानकारी दिएका थिए ।सांसद पदबाट मुक्त भएको तीन महिनापछि उनीहरुले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । चार पूर्वमाओवादी नेताले आफूहरु नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त घोषणापत्रका आधारमा दुबै दलका मतदाताको मतले विजयी भएको भन्दै आफूहरुले जनताको प्रतिनिधित्व गर्न पाउने अधिकार कुण्ठित गर्न नपाउने बताएका छन् ।

हेर्नुहोस् रिट

कमेन्ट गर्नुहोस्