लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा

tillotmacitynews - 2021 Jul 27 11:53 AM
IMG

तिलोत्तमा सिटी,१२ साउन २०७८,मंगलबार। सेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो ।यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । मंगलबार बजार शुरु हुनासाथ उच्च अंकले घटेको बजार अपरान्हपछि भने सम्हालिएको थियो ।अन्तिम एक घण्टा भने बजार बढ्न थालेको थियो । सोमबार ३०५०.४२ अंकमा रोकिएको बजारमा आज सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले सो क्षेत्रमा भने केही प्रभाव पारेको छ ।मंगलबार बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।


मंगलबार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६ सय ५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २ सय ६० कित्ता सेयर किनबेच भएको छ। मंगलबार कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६ सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढ्यो । धेरै कमाउनेमा मल्टीप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, यूनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशत भन्दा बढीले बढेको छ । सर्पोट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रहृयो ।

कमेन्ट गर्नुहोस्