लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एकै दिन कोरोना संक्रमित २५ जनाको मृत्‍यु

tillotmacitynews - 2021 Jul 26 12:15 PM
IMG

तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार। पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार १२२४० पीसीआर परीक्षण गर्दा २३९१ र ५०३२ को एन्टीजेन परीक्षण गर्दा १०३० गरी ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ६८६ जना निको भएका छन् ।सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ८२ हजार ९४७ पुगेको छ । तीमध्ये ९ हजार ९,७३८ जनाको मृत्यु भएको छ भने ६ लाख ४५ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।


मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९०८ जना रहेका छन् । जसमध्ये २५ हजार ९३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ८१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६६९ जना आईसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २७४ जनामा कोरोना संक्रमण देखिउको मन्त्रालयले जनाएको छ ।


उपत्यकामा थपिए ९९९ संक्रमित

यस्तै काठमाडौं उपत्यकामा एकै दिन ९९९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६७७, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।यस्तै काठमाडौंमा ५ हजार ९१० जना सक्रिय संक्रमित रहेका छन्  भने १ हजार ९४९ जनाको मृत्‍यु भइसकेको छ ।यस्तै भक्तपुरमा ९३६ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ३८१ जनाले कोरोनाकै कारण ज्‍यान गुमाइसकेका छन् ।यस्तै ललितपुरमा पनि १ हजार १६३ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् भने ५८६ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ ।


कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ३१४, मोरङमा १२०, सुनसरीमा १०६, नवलपरासी पूर्वमा १०५ र चितवनमा ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तै मकवानपुरमा ८४, कास्कीमा ६२, धादिङमा ६१, रुपन्देहीमा ५३, काभ्रे र सिन्धुपाल्चोकमा ३०/३० जना, नुवाकोटमा २९, धनकुटा र रामेछापमा २१/२१ जनामा कोरोना संक्रमण देखिएको छ ।बागलुङमा १८, इलाममा १७, दाङमा १६, अर्घाखाँचीमा १४, पाल्पामा १२ र नवलपरासी पश्‍चिममा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्