लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मोबाइल व्यापारमा दोब्बर आयात

tillotmacitynews - 2021 Jul 26 07:19 AM
IMG

तिलोत्तमा सिटी,११ साउन २०७८,सोमवार।  आर्थिक वर्ष २०७७/०७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको छ । २०७७ साउनदेखि २०७८ असारसम्म मात्रै ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । भन्सार विभागका अनुसार यो नै हालसम्मको सबभन्दा ठूलो परिमाणको मोबाइल आयात हो ।आव ०७६/७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो । त्यसअघि आव ०७५/७६मा ४२ लाख ७५ हजार वटा मोबाइल सेट आयात भएको थियो ।गत आव ०७७/७८ मा आयात भएको मोबाइलको मूल्य ३६ अर्ब ९० करोड रुपैयाँ हो । आव ०७६/७७ मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो । आव ०७५/७६मा १९ अर्ब २७ करोडको मोबाइल आयात भएको थियो ।आव ०७७/७८ मा मोबाइल सेटबाट ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो भन्सार राजस्व अघिल्लो वर्षको भन्दा दोब्बर हो । 


आव ०७६/७७मा मोबाइल आयातबाट सरकारले २ अर्ब ८७ करोड राजस्व असुल गरेको थियो । आव ०७५/७६मा भने यस्तो राजस्व ३ अर्ब ५२ करोड रुपैयाँ थियो ।नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत यो वर्ष स्मार्ट फोनको ब्यापार बढेको बताउँछन् । ‘कोराना महामारीपछि स्मार्टफोनको ब्यापार सपि्रयो,’ उनी भन्छन्, ‘सामान्य खालका बार फोन छोड्ने र स्मार्टफोन रोज्नेहरु बढेकाले आयात स्वभाविक रुपमै बढ्यो ।’


महामारीले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण सस्ता मोबाइल किनिरहेकाहरु पनि मध्यममा ‘अपग्रेड’ भएको उनी बताउँछन् । आयातको मूल्य दोब्बर हुँदा पनि संख्या दोब्बर नहुनुले मान्छेहरु विगतको भन्दा केही महँगो फोनमा आकषिर्त भएको देखाउने बस्नेतको तर्क छ ।२०७७ चैतबाट सुरु भएको लकडाउन १ असारमा खुलेलगत्तै मोबाइल बजार उत्साहित भएको थियो । बजारमा सुरुमै फोन सेटको अभाव भएको थियो । व्यापारीहरुका अनुसार मोबाइल किन्न पसल पुग्नेको संख्या त्यसपछि कहिल्यै घटेन । अफ सिजनमा मानिने हालको वषर्ातको समयमा पनि मोबाइल पसलहरुमा भीड नै देखिन्छ ।


न्युरोडका मोबाइल पसले साधुराम बोगटी दशैंतिहारलाई मात्रै सिजन मान्ने अवस्था महामारीपछि अन्त्य भएको बताउँछन् । ‘यस्तो वषर्ाको समयमा पनि मोबाइलका ग्राहकको कमी छैन,’ उनले भने, ‘कुनै-कुनै ब्रान्डका केही मोडलका सेटको त माग नै धान्न सकिएको छैन ।’बोगटीका अनुसार, बजारमा अहिले रु.१५ हजारदेखि ३५ हजार रेन्जका मोबाइल सेटको माग उच्च छ । महामारीपछि विभिन्न कम्पनीले मध्यम रेन्जका नयाँ र अपग्रेडेड मोडलहरु सार्वजनिक गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्