लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्राउन सुगर सहित सलमान खान पक्राउ

IMG

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। बाँके प्रहरीले ठुलो परिमाणमा खैरो हिरोइन ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगर १२ कोरियनपुर स्थित दिब्या खड्काको घरमा भाडामा बस्दै आएका भारतीय नागरिक २ जना र नेपालगन्जका स्थानीय १ जनाबाट ४३ ग्राम १५० मिलीग्राम खैरो हिरोइन सहित उनीहरुलाई पक्राउ गरेको हो। ब्राउन सुगरको कारोबर भईरहेको सूचनाका आधारमा लागु औषध नियन्त्रण ब्यूरो सहित जिल्ला प्रहरी बाँके र वडा प्रहरी नेपालगन्जको संयुक्त टोलिले छापामारी सो परिमाणमा ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


लामो समयबाट बस्नेतको घरमा भाडामा बस्दै आएका लखनउ भारतका मुस्ककिम खाँको कोठामा बसिरहेका बहराईच भारतकै सलमान खानले अण्डरवियर भित्र लुकाईराखेको ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।प्रहरीले मुस्ककिम खानले प्रयो गर्दै आएको कोठाबाट मुस्तकिम सहित ब्राउन सुगर बोक्ने सलमान र नेपालगन्ज ११ का आजाद खानलाई पक्राउ गरिएको जानकारी दिएको छ ।प्रहरीले ब्राउन सुगर बोक्ने खानबाट उनकै नाममा रहेको प्रेस कार्ड १ थान, उनले प्रयोग गर्दै आएको ९८०४५०९२५९ नम्बरको मोबाईल १ थान, डिजिटल तराजु १ थान बरामद गरेको छ । घर भाडामा लिने मुस्तकिम खानले प्रयोग गर्दै आएको मोबाईल समेत प्रहरीले बरामद गरेको छ ।पक्राउ परेकाहरुलाई लागु औषध कोरोबार विरुद्धको अभियोगमा मुद्दा दर्ता गरि अनुसन्धान भइरहेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्