लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका १ सहित रुपन्देहीमा पाँच फरार अभियुक्त पक्राउ

IMG

तिलोत्तमा सिटी,८ साउन २०७८,शुक्रवार। बैकिङ कसुरसहित जघन्य अपराधका फरार पाँच अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। फरार अप्रेशन अभियान (एफओपी) अन्तर्गत बैंकिङ कसुरका तीनजना र अन्य अपराधका दुई जना अभियुक्त पक्राउ परेका हुन् । उनीहरुमाथि १५ वर्ष ३० दिन सजाय तथा ६२ लाख ५ हजार जरीवाना तोकिएको थियो ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार बैंकिङ कसुर मुद्दामा ५ दिन कैद र १२ लाख जरीवाना तोकिएका फरार अभियुक्तहरु रुपन्देही बुटवल-८ बस्ने अशोक कुमार शर्मा, ५ दिन कैद र १४ लाख जरीवाना तोकिएका तिलोत्तमा– ५ रुपन्देहीका ४२ वर्षिय एक नारायण अर्याल र १० दिन कैद र ३६ लाख जरिवाना तोकिएका बुटवल १३ रुपन्देहीका ४६ वर्षीय शिव कुमार रणपाल पक्राउ परेका हुन् ।


वडा प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरेको प्रवक्ता थापाले बताए ।तिनैजना विगतमा जग्गा कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ । यस्तै जबर्जस्ती करणी मुद्दामा १० बर्ष कैद तोकिएपछि फरार रहेका बुटवल–४ का ५८ वर्षिय पुर्ण बहादुर पाण्डेलाई नवलपुर मध्यविन्दु १४ बाट र लागु औषध मद्दामा ५ बर्ष कैद र ५ हजार जरिवानाको फैसला भएका फरार प्रतिवादी बुटवल १३ का विशन राना पनि पक्राउ परेका छन् ।पांचै जनालाई अदालतमा बुझाइएको प्रहरी प्रवक्ता थापाले बताए । फरार अप्रेशन अभियान अन्तर्गत बैसाख यता २२ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्