लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कत्तिको प्रभावकारी बन्दै छ अनलाईन कक्षा?

tillotmacitynews - 2021 Jul 21 07:02 AM
IMG

६ साउन २०७८,बुधवार। कोरोना भाइरस (कोभिड १९) का कारण प्रबिधिले निकै फस्टाउने मौका पायो। कोरोनाका कारण अन्य व्यपार व्यवसाय सुस्ताए पनि मोवाईल तथा ल्यापटपको कारोवार निकै बढ्यो।कोभिडका कारण लामो समय शैक्षिक सस्था बन्द भए। पहिलो चरणको कोरोनाबाट उम्किएर बल्लतल्ल बिद्यालयसम्म पुगेका बिद्यार्थीहरु २÷४ महिना बिद्यालय जान नपाउदै दोश्रो चरणको कोरोनाको लहरका कारण पुनःबिद्यालय जानबाट बञ्चीत भए।पहिलो चरणको कोरोनामा बिद्यालय बन्द भएपछि बिद्यालयले अनलाईन कक्षा सुचारु गरे। कहिल्यै अनलाईन कक्षा नसुनेका बिद्यार्थीहरु अनलाईन कक्षामा बस्न प¥यो। उनीहरुले अनलाईन कक्षाबाट कक्तिको ज्ञान आर्जन गरेका होलान? त्यो फरक बिषय छ। बिद्यालयले अनलाईन कक्षा सुरु गर्ने भनेपछि बिद्यार्थी र अभिभावक त्यसका लागि तयार हुनुपर्ने बाध्यकारी अबस्था आयो। लकडाउनको मारमा परेका अभिभावकले अनलाइन कक्षाका लागि चाहिने श्रोत साधन कसरी जुटाउने भन्ने चिन्ताले पिरोलेको छ भने अर्को तर्फ बल्लतल्ल जुटाई हाले पनि बालबच्चाले पढ्छन की पढ्दैनन् भन्ने अर्को चिन्ता छ। 


के अनलाईन प्रविधीबाट कक्षाहरु बालबालिकाले सहजै लिएका छन्? कि मोबाईल हातमा लिएर अरुकुरामा हराइ रहेका छन्। अहिले यो प्रश्न अहम रुपमा उब्जीएको छ। कोरोनाका कारण मानव जिवन पुरै तहसनहस भएको छ। आम मानिसको जिवन शैैली पनि परिवर्तन भएको छ। त्यो परिवर्तन बालबालीकामा अझ बढी देखिएको छ। कोरोना भन्दा पहिला बालबालीकामा एउटा छुट्टै खालको उत्साहा देखिन्थ्यो। बिहान छिटो उठनु पर्ने, ९ बजे स्कुलको लागि तयार हुनुपर्ने, गृहकार्य गर्नु पर्ने एक प्रकारको जिम्मेवारी थियो। सर मेडमको डर हुने गर्दथ्यो। तर आज भोली भने विहान ढिलो उठ्ने, उठ्ने बित्तिकै हातमा मोबाइल हुनुपर्ने बानि परिसकेको छ। सर मेडमसंग पनि बालबालिकका डराउन छाडिसकेका छन्। भौतिक रुपमा उपस्थित नहुनुको समस्या हो यो। 


घरमै खेलेर बसेका बालबालीकाको लागि प्राबिधीक पढाई भनेको एउटा रोईरहेको बच्चालाई चक्लेट दिएर भुलाए जस्तै भएको छ। अनलाईन कक्षामा बसेका बालबालिकाले कोठा भित्र बसेर केहि भएपनि पढेका, लेखेका र सिकेका होलन भन्ने सोचमा अभिभावक हुन्छन् तर, छोरा छोरी भने शिक्षक पढाई रहदा यता बालबालीका भिडियो अफ गरेर खेलिरहेका हुन्छन्। यो सबैमा लागु नभएपनि अधिकांशका लागि यो समस्याको रुपमा अगाडि तर्सिएको छ। जागिरे बाबा आमाको लागि तगारो बनेको छोरा छोरिको अनलाईन कक्षा दुबै जना (बाबा आमा) जागिरे भएको घरमा त झनै समस्या थपेको छ। बिहान देखि साझ सम्म अफिसमा काम गर्नुपर्ने बाबा आमाले छोरा छोरीको पठाई कस्तो छ भनेर हेर्न नपाउदा बालबच्चा कतै बिग्रिरहेका त छैनन्।बालबच्चाका लागि छुट्टै मोबाईल, ल्यापटपको आवश्कता परेको छोरा छोरिले कस्तो पढ्छन् भन्ने भन्दा पनि थपिएको खर्च कसरी ब्यवस्थापन गर्ने भन्ने पिरलोमा परिरहेका छन्। महिना मरे पछि छोरा छोरिको स्कुलमा फि बुझाउनु पर्ने जिम्मेवारी हरेक अभिभावक टाउकोमा थप जिम्मेवारी परेको छ। कोरोनाको कारण शौक्षिक क्षेत्रमात्र नभएर सबै क्षत्रमा ठूलो क्षति बेहोरन परेको छ। एक पछि अर्को गदै कोभिडको भेरियन्ट थपिदै गएको छ। अनलाईन कक्षाले बालबालीकाको भविश्य झन अन्यौलमा परेको छ।


सहर बजारमाा नेटको सुविधा भएर शहर बजारका बालबालिका अनलाईन कक्षाबाट भए पनि अलिकती पढ्ने सिक्ने अवसर पाएका छन्। तर जहा नेट छैन, गाउका बालबालिकाहरु दिन भरी खेलेर दिन बिताउन बाध्य छन्। यसरी अनलाइन कक्षाहरु सक्नेले पढ्ने नसक्ने र गाउँ घरका यतिकै बस्ने भएको देखिन्छ। त्यसैले शैक्षिक क्षेत्रलाई सबै तिरका बालबालिकाहरुको भविष्लाई मध्यनजर गरी शैक्षिक क्षेत्रलाई रोलमोडल गरी समाधान खोज्न आवश्क छ। 


लेखक -सिता काफ्ले

कमेन्ट गर्नुहोस्