तिलोत्तमा सिटी,६ साउन २०७८,बुधवार।
मलाई काममा जान हतार थियो।दरबार अगाडि केही साँडेहरु उभिएका थिए। एई! झुम्ररे भन्दै मलाई बोलाए। म त्यतिबेला उनीहरू तिर ध्यान दिइन। काममा जान हतार थियो।काममा पुगीसकेपछि आफ्नो शरीरलाई नियाले।साच्चै म त झुन्त्रे ,झुम्रेरे नै रहेछु।कपडाहरू ठाउँ ,ठाउँमा फाटेका रहेछन। अर्कोदिन बिहानै उठेर मज्जाले नुवाएँ।घुम्रिएको कपाल तोरीको तेल लगाएर सीधा बनाउने कोसिस गरे। विवाहमा सिलाएको सुट र टाई निकाले। टाईसुटले शरीरलाई सझाए।
-"एई! बुढो के भयाे आज हजुरलाई ?बिहानै टाइसुट लगाउनु भयको छ त?"
-"नकाराउन बुढी काममा जान बेर भएको छ।बरु त्यो पुरानो लुगा थैलीमा राखी देऊ त।"
-"केही त भन्नु भन्दै उनी थैलीमा कपडा राखी दिइन्।"
-"ल ल!केही होइन भन्दै थैली टिपी कामतिर लागे।"
आजपनि साडेहरू मलाई हेर्दैथिए। म आफ्नो बाटो हिड्दै थिए।अचम्मै भयो आज मलाई हेरी ,"नेताजी भन्दै सोलुट पो ठोके। म तर्सिए ।आत्तिँदै अगाडि निस्किए।उनीहरू मलाई हेर्दैथिए। मैले कुरो बुझे।
म सँग समय ,समयमा टाइसुट बदल्ने औकात छैन।
आजभोलि टाइसुट होइन दरबार लाइनको बाटो नै बदलेको छू।
नारायण कोइराला
तानसेन पाल्पा
कमेन्ट गर्नुहोस्