लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्युतीय सवारीमा पनि कर, लुम्बिनीमा यस्तो छ दर

IMG

तिलोत्तमा सिटी,४ साउन २०७८,सोमवार। चार्जिङ स्टेसन नहुँदा निरुत्साहित बनेका विद्युतिय सवारीसाधनहरुलाई करको दायरामा ल्याईएको छ । अन्य प्रदेशहरुमा जस्तो लुम्बिनी प्रदेशमा पनि विद्युतिय सवारीसाधनलाई चालु आर्थिक वर्षबाट करको दायरामा ल्यार्ईको हो ।आर्थिक वर्ष २०७८/७९ बाट लुम्बिनी प्रदेश सरकारले ल्याएको आर्थिक अध्यादेशमा विद्युतीय साधनमा करको व्यवस्था गरिएको हो । अध्यादेश अनुसार अब विद्युतीय स्कुटर, मोटरसाइकल, कारदेखी माइक्रोवस सम्मका सवारी साधनको लागि कर लाग्ने छ। गत आर्थिक वर्षको आर्थिक ऐनमा विद्युतिय साधनमा कर भएपनि सवारीमा नभएको कर यो आर्थिक वर्षदेखि लाग्ने भएको हो। लुम्बिनी प्रदेशमा अहिले सम्म दर्ता भएका बिद्युतिय सवारीले यो कर तिरेका थिएनन् ।


लुम्बिनी सरकारले जारी गरेको आर्थिक अध्यादेश अनुसार निजी विद्युतीय सवारी साधनमा करको दर तुलनात्मक रुपमा केही कम छ । विद्युतीय मोटरसाइकल र स्कुटर प्रयोग गर्दा १५ सयदेखि ३ हजार रुपैयासम्म मात्र बार्षिक कर रहेको छ । विद्युतबाट चल्ने कार, जिप भ्यानको बार्षिक कर १५ हजार रुपैयादेखि ३० हजार रुपैयासम्म छ ।


निजी विद्युतीय सवारीले तिर्नुपर्ने बार्षिक कर 


कमेन्ट गर्नुहोस्