लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल पुर्याइदिञ्छु भन्दै नाबालक सहितकि १९ बर्षिया युवतीलाई बलात्कार गर्ने ट्रक चालक पक्राउ

IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। ट्रकमा यात्रा गर्ने एक महिलालाई बलात्कार गरेको आरोपमा दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको कलंकीबाट बुटवल जान भनी २ बर्षीय छोरा सहित ट्रकमा सवार महिलालाई बलात्कार गर्ने दुई जना ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको हो ।असार २७ गते विहान  बुटवल जाने भनि काठमाडौंको कलंकीबाट २ बर्षीय छोरा सहित ना ५ ख २८७० नम्बरको ट्रकमा चढेकी महिलालाई उक्त ट्रकका चालकले चितवनको रामनगर ल्याई बलात्कार गरेका थिए ।


पर्साको बीरगञ्ज वडा नं.२१ बस्ने सुनिल महत्तोले आफुले बलात्कार गरि असार २९ गते  दिउँसो १ बजे ना.६ ख ३३६९ नम्बरको ट्रक चढाइ पठाइ दिएको र त्यसपछि उक्त ट्रकका चालकले पनि महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पर्सा कै पोखरिया नगरपालिका वडा नं.६ बस्ने २५ बर्षिय शिववालक महत्तोले वुटवल जाने भनि वीरगञ्ज तर्फ ल्याइ आफू लगायत सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक महिलामाथि जबरजस्ती गरेको प्रहरीको भनाई छ । 


बलात्कृत महिलालाई असार ३० गते साझ ५ बजे वीरगञ्जको वडा नं.१७ स्थित ड्राईपोर्टमा ओरालेर अलपत्र पारी चालक भागेका थिए । प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरी टोलीले महिलालाई उद्धार गरी जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइएको र  पीडितसंगको सोधपुछका आधारमा  चालक सुनिल महत्तो र शिव वालक महत्तोलाई गाडी सहित पक्राउ गरीएको र बाँकी दुई जनाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले  जानकारि दिएको छ ।पक्राउ परेका विरूद्द जबरजस्ती करणी कसूरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य अगाडि बढाइने प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्