
तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार। निबर्तमान उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै बिदाई कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताएका छन् ।पौडेलले आफूलाई जस्तै नयाँ आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरूलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्