
असार १६ गते बुधबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिका वडा नम्बर ५ मणिग्राम निवासी गिरीशमणि आचार्य दीक्षित र शोभाखर तिमिल्सिनाद्वारा जेठ महिनाकाे घरभाडामा ५०% छुट गर्ने निर्णय गर्नुभएको छ । लामो समय देखि मणिग्राममा बस्दै आउनुभएका गिरीशमणि आचार्य दीक्षितको ६० वटा र सोही वडा मणिग्राम निवासी शोभाखर तिमिल्सिनाको ८ वटा सटरहरु व्यवसायीक प्रयोजनका लागि भाडामा दिदै आउनु भएको थियो । निषेधाज्ञाले गर्दा सबै व्यवसायीहरूलाई पर्न गएको असरलाई मध्ये नजर गरेर केही राहत होस भनी जेठ महिनाकाे घरभाडामा छुट दिएको ६० सटर भाडामा दिनुभएका गिरीशमणि आचार्य दीक्षितले बताउनुभयो।
त्यस्तै आफैमा एक ब्यापारी समेत रहेका शोभाखर तिमिल्सिनाले व्यापारीहरुमा पर्न गएको असुविधाले धेरै समस्या हुन सक्ने हुनाले जेठ महिनाकाे घरभाडामा ५० प्रतिशत छुट दिईने घोषणा गरेको बताउनुभयो। उनीहरुले २/२ वर्षमा १० % घरभाडामा थप गर्ने समय २०७८ बैशाखमा पूरा भएको भएपनि अहिलेको जटिलत अवस्थालाई मध्यनजर गरेर यो वर्ष भदा वृद्धि समेत थप नगर्ने बताउनुभएको तिलोत्तमा चेम्बर अफ कमर्सका कार्यालय प्रमुख रामु सापकोटाले जानकारी गराउनुभयो । मणिग्राममा लामो समयदेखि बसोबास गर्दै आएका गिरीशमणि आचार्य दीक्षितको पुस्ताको नामबाट मणिग्राम नाम रहेको हो। सो परिवारका गिरीशमणि आचार्य दीक्षित हाल मणिग्राममै बसोबास गर्दै आउनुभएको छ।
कमेन्ट गर्नुहोस्