लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

करतिर्ने म्याद थप्न, घरबहालकर र भाडा छुट दिन तिलोत्तमा चेम्बर अफ कमर्शको आग्रह

IMG

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको तिलोत्तमा नगरपालिका भित्र रहेका ब्यबसायीहरुको छाता संगठन तिलोत्तमा चेम्बर अफ कमर्शले आफ्ना ब्यबसायी लगायत नगरबासीहरुको व्यवसायमा परेको कठिनाइलाइ सरकारले बुझिदिन आग्रह गरेका छ । कोरोना महामारीबाट  थलिएको ब्यबसाय पेशा जुरुक्कै नउठेकोले कर तिर्ने म्यादमा ३ महिना थप गर्ने, घरबहाल कर छुट गर्ने, घरबहाल भाडामा लकडाउन अबधिको ५० प्रतिशत छुट दिन र ब्यबसायी तथा मजदुर हरुमा कोभिडको दुवै खोप दिलाइदिनुहुन सरकर समक्ष आग्रह गरेको छ। 


तिलोत्तमा चेम्बर अफ कमर्शका अध्यक्ष बाबुलाल भुसालद्वारा हस्ताक्षरित बिज्ञप्ति जारि गर्दै सस्थाले सो कुरा आग्रह गरेको हो। सरकारले कर दाखिला गर्ने र कर बुझाउने अन्तिम मिति असार २५ गते सम्म तोकिएपछि सो बिज्ञप्ति मार्फत कमर्शले निकालेको हो। देशमा जारि निषेधाज्ञाका कारण ब्यबसायीहरु धराशायी बनेको र पुर्णरुपमा आर्थिक कारोबारमा ह्रास आएकोले यथाशिघ्र सरकारले सो म्याद थप गर्नुपर्ने उल्लेख गर्दै घरबहाल कर , र ब्यबसायीले भाडामा बसेर गरेको ब्यबसायको सटर भाडामा ५० प्रतिशत छुट दिन घरधनिलाइ समेत आग्रह गरेको छ। सस्थाले ब्यबसायी र मजदुरका लागि यथाशिघ्र खोपको ब्यबस्था समेत गरिदिन आग्रह गरेको छ। 


कमेन्ट गर्नुहोस्