लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेशमा रुपन्देही,दाङ र बाँकेमा गरी तीन वटा महानगर

IMG
असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।लुम्बिनी प्रदेशमा तीन वटा महानगर बनाइने भएको छ ।प्रदेशका ३ ठुला बजारक्षेत्र बुटवल- भैरहवा,नेपालगंज-कोहलपुर र घोराई तुल्सीपुरलाई महानगर बनाउन पहल गर्ने जनाइएको छ  र त्यसका लागि आवश्यक बजेट बिनियोजन भएको सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख छ ।आर्थिक मामिला योजना मन्त्री बजैनाथ चौधरीले आगामी आर्थिक वर्ष २०७८-०७९ बजेट सार्वजनिक गर्दै गरिरहेका छन् ।



शहरउन्मुख तथा अव्यवस्थित बस्तीहरुको दिगो व्यवस्थापन गर्नका लागि प्रदेशका सबै जिल्लाका ४२ स्थानमा सञ्चालित आवास व्यवस्था तथा बस्ती विकास कार्यक्रमअन्तर्गत पूर्वाधार कार्यक्रमलाई आगामी बर्षको बजेटमा निरन्तरता दिइएको छ । यस कार्यक्रमका लागि ५१ करोड रुपैयाँ बिनियोजन गरेको मन्त्री चौधरीले बताएका छन् ।प्रदेशभित्रका सरकारी भवन, विशिष्ट व्यक्ति आवास तथा कर्मचराी आवास र बहुउद्देश्यीय सभाहल निर्माणका लागि २६ करोड बिनियोजन गरिएको छ ।शहरी पूर्वाधार, सार्वजनिक पार्क र सडक पेटी तथा फुटपाथ निर्माण कार्यलाई निरन्तरता दिन ३५ करोड रुपैयाँ बिनियोजन गरिएको छ । यस कार्यक्रमबाट शहरी पूर्वाधार विकास भई शहरको सौन्दर्यता अभिवृद्धि हुनुका साथै रोजगारीका अवसरहरु सिर्जना हुने अपेक्षा लिइएको छ ।

संघीय सरकारबाट प्रदेशका १२ वटै जिल्लामा सशर्त अनुदानमा हस्तान्तरित जनता आवास कार्यक्रमलाई आगामी आर्थिक बर्षमा समेत निरन्तरता दिएको मन्त्री चौधरीले बताए । चालु आवमा क्रमागत रुपमा रहेका ७७२ वटा आवासका साथै थप ८४० वटा आवासको निर्माण कार्य सम्पन्न गरिने भएको छ । यो कामका लागि ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।मौलिक एवं प्राचिन वास्तुकला प्रवद्र्धन गर्न स्थानीय निर्माण सामाग्रीको प्रयोग हुने गरी सुरक्षित घर निर्माण गर्न सहजीकरण गरिने भएको छ । निजी तथा सार्वजनिक भवन निर्माण गर्दा राष्ट्रिय भवन संहिताको प्रभावकारी कार्यान्वयन र स्थानीय तहको नियमन, समन्वय र सहकार्यमा कार्य सम्पादन गर्ने कार्यलाई निरन्तता दिइएको छ । 

कमेन्ट गर्नुहोस्