लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिद्धबाबाको वैकल्पिक सडक चरंगे-झुम्सा सडकका लागि १० करोड बजेट

IMG

असार ५ गते शनिबार २०७८ तिलोत्तमा सिटी।सिद्धबाबा सडकको बैकल्पिक सडकका रुपमा निर्माण थालिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले बजेट छुट्याएको छ। तानसेन सडकको विकल्पका रुपमा बनेको वैकल्पिक सडक बुटवल धागो कारखानादेखि झुम्सा जोड्ने सडकलाई थप व्यवस्थित गरिने जनाएको छ। धागो कारखाना-झुम्सा जोड्ने सडक निर्माण शुरु गर्नको लागि १० करोड बिनियोजन भएको आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बजेट प्रस्तुत गर्दै बताए।


प्रदेशका ४ स्थानमा विद्युतीय बस चार्जिङ स्टेसन :

त्यस्तै गरी सरकारले प्रदेशका ४ स्थानमा विद्युतीय बसको लागि चार्जिङ स्टेसन स्थापना गर्ने जनाएको छ ।बुटवल भैरहवा र कोहलपुर नेपालगञ्जमा विद्युतिय बस चलाउन सम्भाव्यता अध्ययन भइसकेको मन्त्री बैजनाथ चौधरीले बताए । उनले दुबै रुटको ४ स्थानमा चार्जिङ स्टेसन बनाउने घोषणा गरे । 

कमेन्ट गर्नुहोस्