लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार २५ गतेसम्म कर दाखिला गर्न सरकारबाट सूचना जारी

tillotmacitynews - 2021 Jun 16 01:39 PM
IMG

असार २ गते बुधबार २०७८ तिलोत्तमा सिटी।कोरोनाकहरले थलिएको नेपालको उद्योग व्यवसाय सहजरुपमा संचालन हुन नपाउँदै सरकारले कर तिर्ने हदम्याद ताकेको छ ।सर्वोच्च अदालतले समेत निषेधाज्ञा रोकिएको ३० दिनको बाटो म्याद दिन आदेश दिएको भएपनि आन्तरिक राजश्व विभागले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्मका लागि तोकेको हो ।सुचनामा निषेधाज्ञाका कारण समयमा कर दाखिला गर्न नसकेका करदातालाई म्याद थप गरिएको उल्लेख गरिएपनि देशका बिभिन्न जिल्लामा अहिले पनि निषधाज्ञा जारी रहेको छ । वाढी, पहिरोका कारण सडक अवरुद्ध हुँदा उद्योग व्यवसाय सहज हुन सकेको छैन ।


विभागले जारी गरेको सुचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।त्यस्तै सुचनामा २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्ने उल्लेख गरिएको छ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७८ सम्म थप भएको विभागले जनाएको छ ।सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।नेपालका अधिकांस जिल्लाहरुमा अहिले पनि निषेधाज्ञा जारी रहेकाे छ ।



कमेन्ट गर्नुहोस्