लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीमा सडक भासिँदा पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनेको छ । बुटवल–देबदहसडक खण्डमा चरंगे नजिकै डाइभर्सन गरेको सडक भासिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपि डम्बर बहादुर बिकले तिलोत्तमा सिटीलाई जानकारी दिए। उनका अनुसार मध्यान्न साढे १२ बजेदेखी सडक अवरुद्ध भएको छ । सडक भासिएपछि गन्तव्यमा हिडेका सवारी साधन दुबै तर्फ अलपत्र परेका छन्।राजमार्ग विस्तारको क्रममा चार लेनको पुल बनाउन सो ठाउँमा सवारी ओहोर दोहोर गर्न डाइभर्सन बनाइएको थियो ।

कमेन्ट गर्नुहोस्