लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-३ का अति बिपन्न १९ परिवारलाई लक्ष्मणको राहत,राहतमा संलग्न सबैलाई धन्यबाद

IMG

असार १ गते मंगलबार २०७८ तिलोत्तमा सिटी। राहत मार्फत सहयोगी हात अघि बढाइरहेका बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष तिलोत्तमा मणिग्राम निवासी लक्ष्मण गौतमले तिलोत्तमा-३ का अति बिपन्न परिवारलाई राहत प्रदान गरेका छन्। नेपाली कांग्रेस महासमिति सदस्य चित्र के.सी, तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम पुर्व तरुण जिल्ला अध्यक्ष चिरंजीबी पौडेलको उपस्थितिमा र आग्रहमा तिलोत्तमा नगरपालिका वडानम्बर-३ मा रहेका अति बिपन्न १९ घर परिवालाई खाद्यान्न सहयोग गरिएको सहयोगी अभियन्ता लक्ष्मण गौतमले बताए। 


खाद्यान्नमा सधैजसो चामल, दाल, चिउरा, नुन ,तेल ,आलु ,सोयाबिन, प्याज ईत्यादी बितरण गरिएको उनको भनाइ छ। सो सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस महासमिति सदस्य चित्र के.सी, तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि एवम पुर्व तरुण जिल्ला अध्यक्ष चिरंजीबी पौडेल,नेपाली कांग्रेस रुपन्देही जिल्ला सदस्य हरी प्रसाद तिवारी, नेपाली कांग्रेस तिलोत्तमा नगर सचिव राम बहादुर थापा, तिलोत्तमा-३ वडा सभापती नेपाली कांग्रेस कर्ण बहादुर टण्डन,नेपाली कांग्रेस शंकरनगर इकाई समिती केशब प्रसाद तिवारी,नेपाली कांग्रेस तिलोत्तमा नगर सदस्य घनश्याम तिवारी,नेपाली कांग्रेस तिलोत्तमा-३ नम्बर वार्ड समिति नारायण क्षेत्री,नेपाली कांग्रेस क्रियाशील सदस्य खुम नारायण अधिकारी लगायतको उपस्थिति रहेको थियो।बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका लक्ष्मण गौतमले शुरुमा व्यक्तिगत खर्चमै सहयोग गरिरहेका थिए भने अहिले उनको काम देखेर नजिकका साथीभाईहरुले समेत रचनात्मक सहयोग पठाएको बताएका छन्। सबै सहयोग राहत कार्यमै बितरण गर्ने उनको अठोट छ। 




त्यस्तै दोश्रो चरणको लकडाउनमा रुपन्देहीमा १ महिना पहिलेबाट बिपी स्टडी युथ सर्कलले खाद्यान्न बोकेर बिपन्न बर्गको घरघरमा पुग्ने अभियानको थालनी गर्दै अन्य राहतमा सक्रिय समुहलाई समेत प्रेरणा दिएको भन्दै बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका लक्ष्मण गौतमले सो अभियानमा साथ दिने सम्पूर्णलाई हार्दिक धन्यबाद ब्यक्त गरेका छन्। हालसम्म ३५० भन्दा बढी मानिसलाई सोहि प्याकेजमा राहत बाडेका गौतमले अब आउने नयाँ नयाँ कार्यक्रममा पनि साथ र सहयोगको अपेक्षा गर्दै उनले यदी तिलोत्तमा नगरपालिका भित्र बस्ने कोही अति बिपन्न परिवारमा कोरोनाका लक्षणहरु निरन्तर ज्वरो ,रुखा, खोकी, ज्यान दुख्ने, टाउको दुख्ने लगायतका लक्षण भएमा नि:शुल्क पिसिआरका लागि आफुलाई ९८५७०४२७७६ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन्। 

कमेन्ट गर्नुहोस्