लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सियारीका अत्ति विपन्न २० घरलाई रोटरेट कलब ओफ सेन्टरलको खाद्यान्न सहयोग

IMG

सन्जु चालिसे, जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीको शियारीमा रहेका आति विपन्न २० घर धुरिलाइ खाद्यान्न तथा राहात बितरण गरिएको छ । रोटरेट कलब ओफ सेन्ट्रल शियारीले आयोजना गरेको सो कार्यकर्म लाई रोटरेट क्लब ओफ सेन्ट्रल लुम्बिनीको सहयोगमा शुक्रबार गाउँपालिका भित्रका विभिन्न वडामा रहेका आति विपन्न परिवारलाई राहात सामाग्रि प्रदान गरिएको हो ।कार्यक्रम रोट्रियन शृशा भण्डारीको संयोजन र प्रमुखअतिथी रोट्रियन हिरा बहादुर शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। 


देशमा कोरोनाको जोखिमसंगै निषेधाज्ञाका कारण दैनिक ज्याला मजदुरी गरि गुजारा गर्ने परिवार अहिले अप्ठ्यारोमा परेको भन्दै संस्थाले सहयोगको अभियान मार्फत दैनिक उपभोग गर्ने खाद्यवस्तु राहात स्वरुप २० घर परिवारलाई एकहप्ता पुग्ने गरि ३० हजार बराबरको राहत वितरण गरिएको हो । सो राहात सामाग्रि शियारी गाउँपालिका भित्रका विभिन्न वडाका करिब २० घरपरिवारलाइ सहयोग गरिएको संस्थाका सचिव सुशन भट्टराईले जानकारी दिनुभयो ।


सरकारले लागु गरेको निषेद्याज्ञाबाट गरिखाने बर्ग थप मारमा परेको अबस्थामा संस्थाले सहयोग अभियान संचालन गरि बितरण गरिएको उहाले बताउनुभयो । राहात समाग्रिमा चामल, दाल, आलु, प्याज, नुन, तेल, दैनिक उपभोग गर्ने सामान रहेका छन् । रोट्रियन शृशा भण्डारीको संयोजनमा भएको कार्यक्रममा रोट्रियन सुदिप सुवेदीले संचालन गरेका थिए। प्रमुखअतिथी रोट्रियन हिरा बहादुर शाह र अतिथी रोट्रियन कृष्ण प्रसद अधिकारी ,रोट्रियन कृष्ण पाण्डे ,रोट्रियन सत्दल चौधरी , रोट्रियन धर्म वीर शर्मा ,रोट्रियन दिनेश पाण्डे  सहित शियारी गाउँ पालिकाका समाजसेवि तथा बुद्धिजीबीहरुको उपस्थिति रहेको थियो। 

कमेन्ट गर्नुहोस्