लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अनैतिक सम्बन्ध लुकाउन श्रीमतीद्वारा श्रीमानको हत्या

tillotmacitynews - 2021 Jun 14 02:06 PM
IMG

जेष्ठ ३१ गते सोमबार २०७८  कपिलवस्तु । कपिलवस्तुमा माओवादी नेता दीपक पाण्डेयको हत्याको मुख्य योजनाकार उनकै पत्नी रहेको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु नगरपालिका- ६ गोबरी सडकखण्डमा गोली प्रहार गरी पाण्डेयको हत्या भएको थियो ।हत्यामा उनकै श्रीमती महिमा पाण्डेयको हात रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । महिमाले कपिलवस्तु नगरपालिका-१ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्याको योजना बनाएकी थिइन् । ओमप्रकाशसँग महिमाको अनैतिक सम्बन्ध रहेको प्रहरीले जनाएको छ ।कपिलवस्तुका प्रहरी प्रवक्ता धर्म भण्डारीले श्रीमतीको अनैतिक सम्बन्धबारे दीपक पाण्डेलाई थाहा भएपछि हत्याको योजना बुनिएको बताए ।


‘महिमा र ओमप्रकाशले हत्यामा कपिलवस्तु नगरपालिका- २ सागरटोल बस्ने रमजान साह मुसलमान र साकिर अली पखियालाई प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।दीपकको हत्या गर्ने व्यक्तिहरूलाई हतियार सप्लाई गर्ने गिरोहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार हत्याका लागि सुपारी लिने, हतियार खरिद-बिक्री तथा ओसारपोसार गर्ने र अभियुक्तलाई संरक्षण गर्ने ७ जनाको पहिचान भएको छ । उनीहरू कपिलवस्तु नगरपालिका-१ कैलाश टोलका ३५ वर्षीय पूर्णवीर पाल्पाली, कपिलवस्तु नगरपालिका-२ वर्दहवा बस्ने सद्दाम हुसेन खान, यशोधरा गाउंपालिका-४ पोखरभेटवा बस्ने राजेश भन्ने ज्ञानेन्द्रकुमार पाण्डेय, यशोधरा गाउँपालिका-४ सेमरी बस्ने गोलु भन्ने राधेश्याम चौधरी, कपिलवस्तु नगरपालिका-५ गोटिहवा बस्ने सिरिया भन्ने श्रीराम कुर्मी, कपिलवस्तु नगरपालिका-१ मस्जिद टोल बस्ने मोटे भन्ने नसरत अलि र कपिलवस्तु नगरपालिका-२ बरगदवा बस्ने प्रवीण गुप्ता रहेका छन् ।नेता पाण्डेको हत्याको अनुसन्धानका लागि प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको नेतृत्वको प्रहरी टोली खटिएको थियो । घटनाको १ महिना नवित्दै घटनाका मुख्य योजनाकारसहित संलग्न सबै ९ जना पक्राउ परेका छन्।

कमेन्ट गर्नुहोस्