लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा निषधाज्ञा स्वरुप परिर्वतनसहित थप:यी कुरा खोल्ने हो

IMG

जेष्ठ ३१ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा जारी निषेधाज्ञाको मोडालिटी परिर्वतन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप परिर्वतन गरी असार ७ गते राती १२ बजेसम्म थप गरेको छ ।  गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाको अवधि चौथो पटक थप गर्न लागिएको हो । यस पटक भने स्वरुपमा केही परिवर्तन गर्ने तयारी भएको छ । निषेधाज्ञा बारे निर्णय गर्न छलफलका लागि डीसीएमसीको बैठक अहिले विहान ११ बजे जिल्ला प्रशासन रुपन्देहीको कार्यालयमा बस्दै छ ।


यसअघि गत वैशाख १६ गतेदेखि २९ गतेसम्मका लागि निषेधाज्ञा आह्वान गरिएको थियो भने वेशाख २९ गतेदेखि जेष्ठ १३ गतेसम्म थप गरिएको थियो । यसैगरी जेष्ठ १३ गतेदेखि २१ गतेसम्म र पछिल्लो पटक २१ देखि ३१ गते (आज)सम्मका लागि म्याद थप गरिएको थियो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञाको स्वरुप कस्तो बनाउने भन्ने बारेमा आइतबार उद्योगी व्यवसायीहरुसँग छलफल गरी सुझाव संकलन गरेको थियो भने आज पालिकाहरु बीच छलफल गरी निर्णय गर्ने तयारी गरेको छ । कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी उद्योगी व्यवसायी तथा सरोकारवाला निकायहरु बीचको छलफलपछि निषेधाज्ञालाई केही खुकुलो बनाउन सकिने जनाइएको छ । आइतबार उद्योगी, व्यवसायीहरुबीचको छलफलमा उच्च स्वास्थ्य सावधानी अपनाएर निषेधाज्ञालाई खुकुलो बनाउने सुझाव प्राप्त भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।


उद्योगी व्यवसायीसमेतको उपस्थितिमा बसेको बैठकले निषेधाज्ञा खुकुलो भएपनि सार्वजनिक तथा निजी सवारीका साधन सञ्चालन नगर्ने, सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गरेमा कोभिड-१९ व्यबस्थापन सम्बन्धमा जारी अध्यादेश अनुसार कारवाही गर्ने, स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पसल सञ्चालन गर्ने, माछामासु, तरकारी, फलफूल तथा दुधजन्य सामग्रीका पसल बिहान ५ बजेदेखि बिहान ८ बजेसम्म सञ्चालन गर्ने सुझाब प्रस्तुत गरेको थियो । तर अन्य प्रकृतिका व्यवसाय भने बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गर्न दिने गरी निर्णय गर्न उनीहरुले सुझाव दिएका छन् ।


कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनका सम्बन्धमा विषयगत निकायका प्रमुख तथा प्रतिनिधिसँग जिल्ला प्रशासन कार्यालयले छलफल गरेको छ । व्यवसाय खुला भएपनि शिक्षण संस्थाजस्ता क्षेत्र भने संघ सरकारको निर्णयपछि मात्रै खुल्नेछन् ।

अब यी क्षेत्र खुल्ने छन् ?


कमेन्ट गर्नुहोस्