लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा १८६ जनाको परीक्षण गर्दा ७२ मा संक्रमण, ५२ जना निको

IMG

जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधिमा १८६ जनाको कोरोना परीक्षण गर्दा ७२ जनामा संक्रमण पुष्टि भएको छ भने ५२ जना निको भएका छन् ।स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज सबै भन्दा धेरै बुटवल उपमहानगरपालिकामा २० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै तिलोत्तमा नगरपालिकामा १७ जना, देवदह नगरपालिकामा १० जना, सिद्धार्थनगर नगरपालिकामा ८ जना, सम्मरीमाई गाउँपालिकामा ६ जना, सैनामैना नगरपालिकामा ३ जना, कञ्चन गाउँपालिका, शुद्धोधन गाउँपालिका, कोटहिमाई गाउँपालिकामा २२ जना र मर्चवारी गाउँपालिकामा १ जना संक्रमित थपिएका छन् ।


यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २७ हजार ५६३ पुगेको छ । जसमध्ये २६ हजार १० जना निको भएका छन ।हाल जिल्लामा १ हजार ९१ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४६२ पुगेको छ ।

कमेन्ट गर्नुहोस्