लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"मैले खोप लगाएको पहिल्यै हो, मिडियामा आएको कुरा झुटो र निराधार छ"- तेजेन्द्र भट्टराई

IMG
जेष्ठ २७ गते बिहिबार २०७८ तिलोत्तमा सिटी। तिलोत्तमा नगरपालिका वडा नम्बर-५ मा नियम बिपरित खोप लगाइएको भन्दै सामाजिक संजालमा आफ्नो फोटो भाइरल भएपछी सोहि वडा निवासी युवा तेजेन्द्र भट्टराईले सो कुरा झुटो र निराधार रहेको बताएका छन्। आफुले काठमान्डौको टेकु मै १ महिना अगाडी खोप लगाएको तस्बीरलाई अतिरन्जित गरि जेष्ठ २५ गते लगाएको भन्दै सामाजिक संजालमा चर्चा हुन लागेपछि बाध्य भएर बोलेको तिलोत्तमा सिटीलाई बताए।  निषेधाज्ञाको पालना गरि आफु घरमै रहेको बेला एकाएक सामाजिक संजालमा तिलोत्तमा नगरपालिका कै प्रतिष्ठित व्यक्तिलाई समेत जोडी आफ्नो नाम सहित पुरानो तस्बीर राखी प्रचार गरेकोमा भट्टराई दु:खी छन्। 

विभिन्न अनलाइन मिडियामा समेत फोटो सहित खोप लगाएको भन्दै खबर आएपछि भने उनी दंग छन्। सामाजिक संजाल त विभिन्न राजनीतिको नाममा बदनाम गराउन पनि लेख्नेहरुको जमात छ, तर मिडियाले सत्यतथ्य बुझेर लेखिदिए हुन्थ्यो " उनले दु:खी हुदै भने। आफुले कोरोना खोपको दोस्रो डोज गत महिना बैशाख ८ गते टेकुमै खोप लगाइसकेको बताउदै विभिन्न टिका-टिप्पणीले गलत राजनीति गर्नेको आफ्नै कद घट्ने हुदा सामाजिक संजालमा बुझेर मात्रै लेख्न आग्रह गरे।म २४ सै घण्टा अनलाइन हुन्छु, नभए मेरो नम्बर मागेर फोन गरेर सोधे पनि सहि कुरा म बताउथे, तर हचुवाको भरमा एकतर्फी रुपमा आएको समाचारले आफुलाई दु:खी तुल्याएको उनको भनाइ छ।

वडा कार्यालय या वडा नम्बर-५ को ज्येष्ठ नागरिकहरुलाई आएको खोप मैले किन लगाउथे र ? खोप लगाएको रेकर्ड या कार्ड त खोप केन्द्रमा पनि होला नि , सम्मजिक संजालमा लेख्नेलाई सम्बन्धित ठाउमा गएर बुझ्न समेत आग्रह गर्दछु - भट्टराईले भनेका छन्। आफुमा सस्कार र मानबियता रहेको भन्दै कानुन उल्लङ्घन गरेर वार्ड या नगरपालिकाको कुनै सेवा या सुबिधा नलिएको समेत उनले जिकिर गरे। भट्टराई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेका भान्जा हुन्। उनि लामो समयदेखि तिलोत्तमा भित्र ब्यापार गर्दै आएका छन्। 

कमेन्ट गर्नुहोस्