लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेत्रहीन युवा संघ रुपन्देही द्वारा दृष्टिबिहिनहरुलाइ राहात सामग्री वितरण

IMG

जेष्ठ २४ गते सोमबार २०७८ तिलोत्तमा सिटी।नेत्रहीन युवा संघ रुपन्देही आयोजनामा रुपन्देही जिल्लामा रहेको २० जाना दृष्टि बिहिन अपाङ्गता भएको ब्यक्तिहरुको निम्ति राहात सामाग्री वितरण गरिएको छ ।  वितरण कार्यक्रम नेत्रहीन युवा संघ रुपन्देही अध्यक्ष टिकाराम पौडेल,कार्यसमिति सदस्य गङा भुसाल तथा सस्थाका सहयोगी नारायण मरासिनीले प्रत्यक्ष रुपमा दृष्टिबिहिन भएका ब्यक्तीहरुको घरघरमा पुगेर आवस्यकता अनुसारचामल ,दाल,तेल, नुन , खाना पकाउने ग्यास जस्ता अत्याआवस्यक सामाग्री  प्रदान गरिएको  हो ।


नेत्रहीन युवा संघ रुपन्देही बाट  जिल्लाका बुटवल उप–म,न,पा, देबदह, सैनामैना, तिलोतमा, लुम्बिनी सास्कृतिक नगर पालिका, सियारी, सुधोधन, गैडहवा गाउँपालिका लगायतका पालिकाका २० जना जो अप्ठ्यारोमा परेका, आर्थिक रुपमा बिपन्न भएको ,कोठा भाडा लिइ बस्ने, धुप तथा फिनेल बेचबिखन गरि जिबिका सन्चालन गरेका ब्यक्तिहरुलाइ  राहत प्रदान गरिएको हो ।  नेत्रहीन युवा संघ नेपालको आर्थिक सहयोगमा अघिल्लो बर्ष  पहिलो चरणको कोरना संक्रमणको अवस्थामा समेत राहात सामाग्री वितरण गरिएको युवा संघ का अध्यक्ष टिकाराम पौडेलले जानकारी  दिए ।

कमेन्ट गर्नुहोस्