
जेष्ठ २० गते बिहिबार २०७८ तिलोत्तमा सिटी। लियो क्लब अफ भलवारी सिटीले पौष्टिक झोला अभियान र राहत वितरण कार्यक्रम सफल रुपमा निरन्तरता दिइरहेको छ। तिलोत्तमाका विभिन्न क्षेत्रका युवायुवतीहरुद्वारा संचालित क्लबले बिगतको लकडाउन देखि निरन्तर रुपमा आफूभन्दा कम भाग्यशाली व्यक्तिहरुलाई केही भएपनि यो लकडाउनले निम्त्याएको भोकलाइ कमगर्ने हेतुले नै खाद्यान्न वितरण कार्यक्रम गरेको क्लबका अध्यक्ष रबिन जोशीले बताएका छन्।
खाद्यान्न वितरण कार्यक्रमसंगै कोभिड-१९का कारण पौस्टिक आहारको कमि भएका कोभिड बिरामीलाइ पनि क्लबले पोशकझोला प्रदान गर्दै आएको छ। राहत र पौष्टिक झोला वितरण गर्दै यश क्लबले एउटा पुण्यको काम गरेको अध्यक्ष जोशीले बताए। स्थापनाको छोटो समयमै तिलोत्तमा देखि लिएर बर्दघाटसम्मका कम भाग्यशाली व्यक्तिलाई सहयोग गर्दै आएको र जसबाट दु:खी तथा बेसाहराहरु लाभान्वित भएको भन्दै लायन्स क्लब अफ भलवारी सिटिका अध्यक्ष लायन श्रवण कुमार थापा खाम्चाले सो कार्यको प्रशंशा गर्नुभएको छ।
"आफुभन्दा कम भाग्यशाली व्यक्तिहरुको दु:ख पनि आफ्नै दु:ख सम्झी निरन्तर उहाँहरुका लागि अघि बढीरहेका छौ- क्लंबका अध्यक्ष जोशीले भने । उनले आफु एक्लै नभएर आफ्नो पुरा टिमको अथक मेहेनत र साथले नै सो कार्य सफल रुपमा सम्पन्न गर्न सकेको बताएका छन्। साथै कसैलाइ पनि दैनिक उपभोग्य बस्तुको आवश्यकता परेमा ९८६७२३४०९६ मा सम्पर्क गर्न सक्ने कार्यक्रमका संयोजक लियो कमल अर्यालले जानकारी दिनु भयो।साथै यस पुनित कार्यमा सम्पुर्णको सल्लाह सुझाव तथा आर्थिक एवम भौतिक सहयोगको लागि अपिल समेत गरेका छन् ।
कमेन्ट गर्नुहोस्