लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लक्ष्मणले दिए इलाका प्रहरी कार्यालय मंगलापुरलाइ स्वास्थ्य सामाग्री सहयोग

IMG

जेष्ठ १८ गते मंगलबार २०७८ तिलोत्तमा सिटी।करिव एक महिना अघिदेखि विभिन्न खाले राहत बितरण गर्दै आएका तिलोत्तमा-६ निवासी लक्ष्मण गौतमले इलाका प्रहरी कार्यालय मंगलापुर्लाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। ४०० पिस मास्क, ६ पिस सेनिटाइजर तथा अक्सोमिटर सहित सडकमा सेवा दीइरहेका प्रहरीको स्वास्थ्य सेवालाई ध्यानमा राखेर सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको उनको भनाइ छ।  इलाका प्रहरी कार्यालयका इन्चार्ज लक्ष्मण डाँगीलाइ सो सामाग्री हस्तान्तरण गर्दै गौतमले प्रहरीले महामारीमा गरेको सेवा तारिफ योग्य भएको बताएका छन्।  उनले रात दिन नभनी रोग ब्याधि नभनी जनताको सेवामा खटिने हर्पानी स्वास्थ्यको हिसाबले सजग रहनु पर्ने र स्वास्थ्य मापदण्डमा रही सेवा गर्नुपर्ने हुदा आफ्नो सहयोग केहि हदसम्म भएपनि राहत स्वरुप हस्तान्तरण गरेको बताए। गौतमले यो निषेधाज्ञामा ५ सय घरधुरीलाई राहत बाड्ने लक्ष्य लिएका छन् भने २ सय घर लाइ २५ किलो चामल,दाल ,आलु ,प्याज ,सोयाबिन, नुन ,तेल लगायतका सामाग्री राहत बितरण गरिसकेका छन्।बिपी स्टडी युथ सर्कल लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका गौतम यसअघि बेलायतमा होटेल संचालन गरेपनि अहिले बिगत २ बर्ष देखि परिवारसहित नेपाल फर्केर जनताको सेवामा लागेको बताउछन ।


सहयोग लिदै इलाका प्रहरी कार्यालयका इन्चार्ज लक्ष्मण डाँगीले निश्वार्थ रुपमा युवा हरु यसरि सामाजिक सेवामा लाग्नु खुसीको कुरा भएको बताउदै सहयोगको लागि समन्वय गरिदिने तिलोत्तमा सिटीका पत्रकार तथा सम्पादक मोहन न्यौपाने, सम्बाददाता गोबिन्द भुसाल र सहयोगी लक्ष्मण गौतम प्रति धन्यबाद ज्ञापन गरेका थिए। इलाका प्रहरी कार्यालय मंगलापुर तिलोत्तमा-७ मंगलापुर देखि २ किलोमिटर पुर्व रहेको छ। सो प्रहरी कार्यालयमा महिला पुरुष प्रहरी गरेर १७ जना कार्यरत छन्। 

कमेन्ट गर्नुहोस्