
जेष्ठ १७ गते सोमबार २०७८ तिलोत्तमा सिटी। नेपाल घर बताउने स्मृति भुसाल नाम गरेकी अन्दाजी ८ वर्षकी बालिका भारतको देहरादुनमा फेला परेकी छन ।जानकारी अनुसार बालिका हिमाञ्चलबाट देहरादुनमा आएको गाडीमा फेला परेकी हुन ।नेपालमा घर कहा हो भन्ने बताउन नसक्ने उनको बुबाको नाम दिपक आमाको नाम सुनिता दाजु शिशिर र बैनी सृष्टि रहेको बताउछिन।
उनिहरु हिमाञ्चलको नुचुली रोहडुमा राजमिस्त्रीको काम गर्ने बताउछिन । हाल उनका आमा बुबा हिमाञ्चलको नुचुली रोहडुमा नभएको बुझिएको छ । हाल बालिका देहरादुनमा प्रहरीको संरक्षणमा रहेको देहरादुनमा प्रहरीका कृपाल सिंहले बताएका छन ।थप जानकारीको लागी ९८६७३६८६५८ मा सम्पर्क गर्नु होला। साथै देहरादुनको बाल बिभाग प्रहरीको सम्पर्क नम्बर ००९१९४१२३१९८३९ र ००९१९७६१९१८८६४ मा कृपाल सिंहलाइ समेत सम्पर्क गर्न सकिने छ।
कमेन्ट गर्नुहोस्